क्यान्सरपीडितद्वारा सहयोगको याचना

जुम्ला | फागुन ६, २०८१

क्यान्सरपीडितद्वारा सहयोगको याचना

जुम्ला:   रक्त क्यान्सरबाट पीडित यहाँको गुठीचौर गाउँपालिका–५ का ५१ वर्षीय सत्यबहादुर भण्डारीको उपचारका लागि परिवारले सहयोगको आग्रह गरेको छ । छोरा दीपेन्द्र भण्डारीले बुवाको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको आग्रह गर्नुभएको हो ।

    
भण्डारी तीन महिनादेखि सिभिल अस्पताल मीनभवनमा  उपचाररत हुनुहुन्छ । छोरा दीपेन्द्रका अनुसार बुबाको उपचारमा धेरै रकम खर्च भइसकेकाले थप उपचारका लागि आर्थिक समस्या भएको छ । 


“बुबाको उपचारका लागि अझै धैरै खर्च लाग्ने भएको छ । सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे मेरो बुबाले पुनर्जीवन पाउनुहुन्थ्यो, त्यसैले सहयोगको आग्रह गरेका हौँ,” छोरा दीपेन्द्रले भन्नुभयो ।

    
सहयोग गर्न चाहनेहरुले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडमा रहेको सत्यबहादुर भण्डारीको खाता नं ०२२०५१२०२८०८१५मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ । भण्डारीलाई सहयोग गर्न चाहनेले छोरा दीपेन्द्रको फोन नं ९८४८३५६६५९ मा सम्पर्क गर्न सकिनेछ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्